Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अर्जेन्टिना घरेलु मैदानमा पाराग्वेसँग बराबरीमा रोकियो

अर्जेन्टिना घरेलु मैदानमा पाराग्वेसँग बराबरीमा रोकियो

  • शुक्रवार, कार्तिक २८ २०७७

  • 1.1K
    SHARES

  • अर्जेन्टिना घरेलु मैदानमा पाराग्वेसँग बराबरीमा रोकियो

    एजेन्सी । फिफा विश्वकप दक्षिण अमेरिकी छनोटअन्तर्गत तेस्रो खेलमा अर्जेन्टिना घरेलु मैदानमा पाराग्वेसँग १–१ को बराबरीमा रोकिएको छ । खेलको २१ औं मिनेटमा पाराग्वेले अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र मिगुएल आल्मिरोनलाई लुकास मार्टिनेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । एन्जल रोमेरोले पेनाल्टीमा सहज गोल गर्दै खेलमा पाहुना टोलीलाई अघि बढाए ।

    खेलको ४१ औं मिनेटमा अर्जेन्टिनाले बराबरी गोल फर्कायो । पहिलो हाफको ३१ औं मिनेटमा जिओभानी लो सेल्सोको कर्नरमा निकोलस गोन्जालेजले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

    दोस्रो हाफको ५८ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई मान्यता दिएन । लो सेल्सोको पासमा मेस्सीले पहिलो टचमा गरेको प्रहार गोल भएपनि उक्त मुभका क्रममा मिडफिल्डमा डोमिन्गेजबाट फल भएको देखिएपछि गोलले मान्यता पाएन ।

    ७३ औं मिनेटमा मेसीकै प्रहारमा गोलरक्षक एन्टोनी सिल्भाले उत्कृष्ट डाइभ बचाउ गरेपछि खेल बराबरी नै रहयो ।
    यस नतिजासँगै अर्जेन्टिना सन् २०२२ मा कतारमा हुने विश्वकप छनोटमा लगातार तेस्रो जित दर्ता गर्नबाट बन्चित भयो ।

    यद्यपि, यस बराबरीका बाबजुद अर्जेन्टिना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अर्जेन्टिनाको ३ खेलमा ७ अंक छ । दोस्रो स्थानको ब्राजिलको २ खेलमा ६ अंक छ भने तेस्रोमा रहेको इक्वेडरले ३ खेलमा ६ अंक जोडेको छ । पाराग्वे पनि ३ खेलमा ५ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।


    शुक्रवार, कार्तिक २८ २०७७१२:२९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij