Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बीआरआई अनुदानमा लिन सकिन्छ, ऋण थेग्न सकिन्न: डा. प्रकाशशरण महत

बीआरआई अनुदानमा लिन सकिन्छ, ऋण थेग्न सकिन्न: डा. प्रकाशशरण महत

  • बुधवार, मंसिर १२ २०८१

  • 514
    SHARES

  • बीआरआई अनुदानमा लिन सकिन्छ, ऋण थेग्न सकिन्न:  डा. प्रकाशशरण महत

    काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बीआरआई अनुदानमा लिन सकिने तर ऋण भने नेपालले थेग्न नसक्ने बताउनुभएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले अनुदान सहयोमा ग्रहण गर्छौ भनिसकेकाले यो विषयमा अझैं पनि मतभेद छ, कांग्रेसले बाध्य पा¥यो भन्ने लगायतका भ्रम फैलाउनु गलत भएको महतको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेपाली कांग्रेस प्रवक्तासमेत रहनुभएका महतले देशको आवश्यकता र अवस्थाअनुसार विदेशी सहयोग लिने नीति भएकाले ऋण सहयोगमा नजाने तर अनुदान सहयोग भने स्विकार गर्ने स्पष्ट पार्नुभयो ।

    बीआरआईलाई अगाडि बढाउन ऋणमा नभएर अनुदानमा मात्रै हस्ताक्षर गर्नुपर्छ भन्ने नै आफूहरुको मूल सिद्धान्त भएको नेता महतले दोहो¥याउनुभयो ।

    प्रधानमन्त्री ओली यहि मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आफूहरुबीच भएको सहमतिविपरित गएर हस्ताक्षर नगर्नेसमेत उहाँको विश्वास रहेको छ ।

    यस्तै बिआरआईकै विषयलाई लिएर गठबन्धनमा दरार आयो, सरकार फुट्छ, एमाले र कांग्रेसबीच मत बाझियो भन्ने लगायतका बाहिर सार्वजनिक भइरहेका कुराहरुको खण्डन गर्दै नेता महतले दलहरुबीच भएको सहमतिअनुसार र देशको हितका लागि जे सहि हुन्छ त्यहि अनुसार नै प्रधानमन्त्री ओली चीनमा प्रस्तुत हुने भएकाले यी सबै हल्लाहरु भ्रम मात्रै भएको स्पष्ट पार्नुभयो । र वर्तमान सरकारमा कुनै मतभेद नआउने कुरामा नेता महतले विश्वास ब्यक्त गर्नुभएको छ ।

    यो सरकारले देश र जनतालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकाले २०८४ सम्मै रहनेमा कुनै पनि शंका नभएको समेत उहाँको भनाइ छ । विकाश भएन, जनता निराश भए भनेर हल्ला गर्नुभन्दा काम गर्न दिनुपर्नेमा सुझाव दिनुभयो ।

    दुई ठुला दलको समिकरणमा बनेको सरकारमाथि जनताले गरेको विश्वासलाई निराशा नबनाउने समेत नेता महतको प्रतिवद्धता रहेको छ ।


    बुधवार, मंसिर १२ २०८१०८:३६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij