Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बीआरआई स्वीकारौं : माधव नेपाल

बीआरआई स्वीकारौं : माधव नेपाल

  • सोमवार, मंसिर १० २०८१

  • 696
    SHARES

  • बीआरआई स्वीकारौं  : माधव नेपाल

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले चीन भ्रमणका क्रममा देशको हित र विकासका पक्षमा काम गर्न सुझाव दिनुभएको छ ।

    आज बिहान सिंहदरबारमा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँगको छलफलपछि उहाँले देशको हित र विकासको पक्षमा छलफल गर्न सुझाव दिएको बताउनुभएको हो।

    उहाँले बीआरआई परियोजना राष्ट्रको हितमा रहेको भन्दै यसलाई स्वीकार गर्नुपर्ने बताउनुभयो। ’बीआरआईको बारेमा स्वभाविक रुपमा स्वीकार गर्दै आएको हो। स्वीकार गरिन्छ। बीआरआई नेपालको हितको विरुद्धमा छैन।

    नेपालजस्तो देशले लाभ लिनुपर्छ। लाभ लिने कुरामा सबैसँग समधुर सम्बन्ध राखेका छौं। बीआरआईलाई अघि बढाउनुपर्छ।’माधव नेपालको भनाई छ ।


    सोमवार, मंसिर १० २०८१०२:०४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij