Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बीआरआईबारे छिट्टै निष्कर्षमा पुग्दैछौ : सभापति देउवा

बीआरआईबारे छिट्टै निष्कर्षमा पुग्दैछौ : सभापति देउवा

  • सोमवार, मंसिर १० २०८१

  • 545
    SHARES

  • बीआरआईबारे छिट्टै निष्कर्षमा पुग्दैछौ : सभापति देउवा

    काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदानमा सहयोग लिइने बताउनु भएको छ।

    उहाँले बीआरआईमार्फत ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको दोहोर्याउनु भएको हो ।

    जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसित कुरा गर्दै कांग्रेस सभापति देउवाले बीआरआई परियोजनामा छलफल जारी रहेको र छिट्टै एउटा निष्कर्षमा पुग्ने बताउनुभयो। देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने बताउनुभयो।

    त्यस्तै सभापति देउवाले सत्ता गठबन्धनमा कुनै खटपट नभएको पनि बताउनुभयो।


    सोमवार, मंसिर १० २०८१०१:३८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij