Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

  • आइतवार, मंसिर ९ २०८१

  • 862
    SHARES

  • नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

    काठमाडौं । नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत हुनुभएको छ । पार्टीका सभापति शेरबहादुर देउवाले कोषाध्यक्षमा श्रेष्ठलाई मनोनयन गर्नुभएको हो ।

    देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य उमेश श्रेष्ठलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

    श्रेष्ठले लामो समयदेखि कांग्रेसको आर्थिक विभागमा रहेर योगदान दिँदै आउनुभएको थियो । श्रेष्ठले राज्यमन्त्रीको रुपमा ०७९ को निर्वाचनमा उहाँ चितवन क्षेत्र नम्बर २ बाट चुनाव लड्नु भएको थियो र, रास्वपाका सभापति रवि लामिछानेसँग पराजित हुनुभएको थियो ।

    व्यवसायीका रुपमा श्रेष्ठले शिक्षा, पर्यटन, ऊर्जा र बैंकिङ क्षेत्रमा लगानी गर्नुभएको छ।

    congress_3RoUsW32SP.webp


    आइतवार, मंसिर ९ २०८१०२:०४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij