Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बीआरआईको कारणले वर्तमान सरकारमा दरार आउँदैन: रमेश रिजाल

बीआरआईको कारणले वर्तमान सरकारमा दरार आउँदैन: रमेश रिजाल

  • बिहिवार, मंसिर ६ २०८१

  • 490
    SHARES

  • बीआरआईको कारणले वर्तमान सरकारमा दरार आउँदैन: रमेश रिजाल

    काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश रिजालले बीआरआईको कारणले वर्तमान सरकारमा दरार नआउने बताउनुभएको छ ।

    प्रधानमन्त्री केपीशर्मा ओलीको चीन भ्रमण नजिकिँदै गर्दा चीनको रणनीतिक परियोजना बीआरआईको विषयमा सत्तापक्षभित्रै मतभेद सुरु भएको छ ।

    यहि बिचमा कांग्रेस नेता तथा पूर्वमन्त्री रिजालले मतभेद भए पनि सहमतिमा पुग्ने विश्वास दिलाउनुभयो । यस्तै उहाँले यहि कारण गठबन्धन ढल्छ, दरार आउँछ भन्ने कुराको पछि नलाग्न सबैमा आग्रह पनि गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले बीआरआईका विषयमा आ–आफ्नो विचार धारणा राख्न सबैले पाउने भएकाले मतभेद उत्कर्षमा पुग्ने अवस्था नआउने स्पष्ट पार्नुभयो ।

    प्रधानमन्त्री ओलीले यहाँ दलहरुबीच जे सहमति हुन्छ त्यहि अनुसार नै चीनमा यसको प्रक्रिया गर्ने कुरामा आफूहरु विश्वस्त भएको बताउँदै सहमति भएन भने हस्ताक्षर नगर्ने स्पष्ट पार्नुभयो ।

    आर्थिक हिसावले अहिले नेपाल खस्किएको समयमा ऋण लिएर आर्थिक बोझ नबोक्ने समेत नेता रिजालको भनाइ रहेको छ ।


    बिहिवार, मंसिर ६ २०८१०७:५२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij