Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचनमा एक्लाएक्लै लड्दा गठबन्धनमा कुनै असर पर्दैन: राजन भट्टराई

उपनिर्वाचनमा एक्लाएक्लै लड्दा गठबन्धनमा कुनै असर पर्दैन: राजन भट्टराई

  • शनिवार, मंसिर १ २०८१

  • 726
    SHARES

  • उपनिर्वाचनमा एक्लाएक्लै लड्दा गठबन्धनमा कुनै असर पर्दैन: राजन भट्टराई

    काठमाडौं । नेकपा एमालेका नेता डाक्टर राजन भट्टराईले स्थानीय उपनिर्वाचनका लागि उम्मेद्वार टुंगो लागिसकेको बताउनुभएको छ ।

    यहि मंसिर १६ गते हुने उपनिर्वाचनका लागि एमालेले सबैतिर सर्वसम्मतरुपमा टुंगो लगाइसकेको स्पष्ट पार्नुभयो । उप निर्वाचमा कुनै पनि दलसँग तालमेलको नीति नरहेकाले एकल उम्मेदवार उठाएको र एक्लै निर्वाचन लड्ने नेता भट्टराईको भनाइ रहेको छ । नेपाली कांग्रेससँग सहकार्यमा सरकारमा रहेको एमालेले कांग्रेससँग पनि उपनिर्वाचनमा प्रतिष्पर्धा गर्न लागेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले उपनिर्वाचनमा एक्लाएक्लै लड्दा वर्तमान गठबन्धनमा कुनै पनि असर नपर्ने दाबी गर्नुभएको छ।

    यस्तै उहाँले बाहिर आइरहेको जस्तै गठबन्धनमा खटपट र मतभेद पनि केहि नभएको स्पष्ट पार्नुभयो । ससाना कुराले गठबन्धनमा असर नपर्ने दाबी गर्दै उहाँले यो सरकार ०८४ सम्मै रहनेमा कुनै शंका नरहेको बताउनुभयो ।

    यस्तै नेता भट्टराईले वर्तमान सरकारबाट जनताले आस गरेका सबै कामहरु नभए पनि विस्तारै हुनेक्रममा रहेको बताउनुभएको छ । एकैपटक केहि पनि हुन नसक्ने भएकाले सरकारले जनतालाई पहिलो प्राथमिकतामै राखेर काम गर्नुपर्ने र गरि पनि रहेको उहाँको दाबी रहेको छ ।


    शनिवार, मंसिर १ २०८१०८:४४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij