Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भ्रष्ट, तस्करलाई कानूनी दायरामा ल्याउने कांग्रेसले दाबी, धेरै नेताहरु पक्राउ परेको जिकिर (खासखबर)

भ्रष्ट, तस्करलाई कानूनी दायरामा ल्याउने कांग्रेसले दाबी, धेरै नेताहरु पक्राउ परेको जिकिर (खासखबर)

  • शुक्रवार, कार्तिक २३ २०८१

  • 667
    SHARES

  • भ्रष्ट, तस्करलाई कानूनी दायरामा ल्याउने कांग्रेसले दाबी, धेरै नेताहरु पक्राउ परेको जिकिर (खासखबर)

    काठमाडौं । मुलुकका विभिन्न अनियमितता प्रकरणमा मुछिएका आरोपीहरुलाई सरकारले एक–एक गर्दै कानूनी दायरामा ल्याउने नेपाली कांग्रेसले दाबी गरेको छ । सुशासन स्थापनार्थ एमाले कांग्रेसभित्रकै व्यक्तिहरु गलत काममा संलग्न भए कारबाहीका लागि पहिलो भागीदार हुनुपर्ने राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको तर्क रहेको छ ।

    कांग्रेसले आफ्ना नेताहरुलाई बचायो भन्ने आरोप लागिरहेका बेला यसलाई चिर्न सक्नुपर्ने उहाँको तर्क रहेको छ । पछिल्लो समय सहकारी प्रकरणमा मुछिएका सबै व्यक्तिहरु कानूनी दायरामा आउने उहाँको दाबी थियो ।

    सत्तासीन प्रमुख दलहरु कांग्रेस र एमालेलाई आफ्ना पार्टीभित्रका नेता, कार्यकर्ताहरुलाई विभिन्न काण्डमा नाम मुछिँदा पनि बचाएको आरोप लाग्ने गरेको छ । पछिल्लो समय दुई ठूला दलहरु एकठाउँमा आउनुको कारण मुलुकमा सुशासन कायम गर्नु रहेको उनीहरुको दाबी रहेको छ । रास्वपाले भने राज्यले आफूहरुमाथि उपेक्षा गरेको बताउँदै आएको छ । ठूला ठुला भ्रष्टाचार र मानव तस्करीमा संलग्नता रहेको आरोप लागेका व्यक्तिहरु खुलेआम हिडिरहेको रास्वपा केन्द्रीय सदस्य कुसुम महर्जनको भनाइ रहेको छ ।

    सहकारीको मात्रै होइन यो मुलुकमा हुने विभिन्न भ्रष्टाचारका काण्डहरुको फाइल खोल्ने स्थिर सरकार चाहिएको छ । राज्यको सम्पत्ति दोहन गर्ने र चोखिने प्रवृत्तिको अन्त्य हुन जरुरी रहेको छ । कांग्रेस नेता रामहरि खतिवडाले भनेझैँ, कोही धनराज, मनराजले छुट पाउनु हुदैन ।

     


    शुक्रवार, कार्तिक २३ २०८१०७:४१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij