Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

घरेलु टोली अस्ट्रेलियाद्वारा पाकिस्तानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा रोमाञ्चक जित

घरेलु टोली अस्ट्रेलियाद्वारा पाकिस्तानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा रोमाञ्चक जित

  • सोमवार, कार्तिक १९ २०८१

  • 828
    SHARES

  • घरेलु टोली अस्ट्रेलियाद्वारा पाकिस्तानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा रोमाञ्चक जित

    काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा २ विकेटको रोमाञ्चक जित हात पारेको छ। २ सय ४ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ३३.३ ओभरमा ८ विकेट गुमाएर जित पक्का गरेको हो।

    अस्ट्रेलियाको जितमा कप्तान प्याट कुमिन्सले महत्वपूर्ण इनिङ खेले। नवौँ नम्बरमा ब्याटिङमा आएका उनले नटआउट ३२ रन जोडे। एक सय ५५ रनमा ७ विकेट गुमाएको अवस्थामा कुमिन्सले सिन एबटसँग आठौँ विकेटका लागि ३० रनको साझेदारी गरेका थिए। कुमिन्स र मिचेल स्टार्कबीच नवौँ विकेटका लागि अविजित १९ रनको साझेदारी भयो।

    घरेलु टोलीका विकेटकिपर जोस इङ्लिसले ४९ र स्टिभन स्मिथले ४४ रन बनाए। पाकिस्तानका ह्यारिस रौफले ३, साहिन शाह अफ्रिदीले २ तथा नसिम शाह र मोहम्मद हसनैनले एक एक विकेट लिए।

    त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तान ४६.४ ओभरमा २ सय ३ रनमा अलआउट भएको थियो। अस्ट्रेलियाका स्टार्कले ३ तथा कुमिन्स र एडम जाम्पाले २र२ विकेट लिए। पाकिस्तानका मोहम्मद रिजवानले ४४, बाबर आजमले ३७ र नसिम शाहले ४० रन बनाए। साहिन शाह अफ्रिदीले पनि २४ रन बनाएका थिए।


    सोमवार, कार्तिक १९ २०८१०५:१८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij