Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कक्षा १२ को आन्तरिक मूल्यांकनको प्राप्तांक पठाउन परीक्षा बोर्डको निर्देशन

कक्षा १२ को आन्तरिक मूल्यांकनको प्राप्तांक पठाउन परीक्षा बोर्डको निर्देशन

  • बुधवार, कार्तिक २६ २०७७

  • 2.1K
    SHARES

  • कक्षा १२ को आन्तरिक मूल्यांकनको प्राप्तांक पठाउन परीक्षा बोर्डको निर्देशन

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को आन्तरिक मूल्यांकनको प्राप्तांक पठाउन विद्यालयलाई निर्देशन दिएको छ ।

    बोर्डकाअनुसार २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्याङ्कनका सम्बन्धमा ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२)को विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन र अभिलेखीकरण तथा प्रमाणीकरणसम्बन्धी कार्यविधि २०७७’ जारी भइसकेको छ ।

    सो कार्यविधिअनुसार कक्षा १२ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कन २०७७ मंसिर ८ गतेभित्र सम्पन्न गरी कार्यविधिको अनुसूची २ (क) (ख) (ग)को ढाँचाअनुसार यथाशीघ्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउन बोर्डले सूचना निकालेर निर्देशन दिएको हो ।

    परीक्षा सञ्चालन तथा प्रमाणीकरण समितिले तयार पारेको मूल्यांकन हार्डकपी र सोको सफ्टकपीसहित बुझाउन निर्देशन दिइएको छ । कक्षा १२ को लिखित परीक्षा भने मंसिर ९ गतेदेखि सुरु हुँदैछ ।

     


    बुधवार, कार्तिक २६ २०७७०२:०८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij