Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

झण्डै ३ सय प्राविधिक पदमा लोकसेवाले खुलायो विज्ञापन

झण्डै ३ सय प्राविधिक पदमा लोकसेवाले खुलायो विज्ञापन

  • बुधवार, कार्तिक २६ २०७७

  • 1.6K
    SHARES

  • झण्डै ३ सय प्राविधिक पदमा लोकसेवाले खुलायो विज्ञापन

    काठमाडौं । लोकसेवा आयोगले आज बुधबार निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरेको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो ।

    सामान्य प्रशासनको सोही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको छ ।

     


    बुधवार, कार्तिक २६ २०७७०६:५१:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij