Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

म कति लोकप्रिय छुँ २०८४ मा देखाउछुँ : प्रधानमन्त्री ओली

म कति लोकप्रिय छुँ २०८४ मा देखाउछुँ : प्रधानमन्त्री ओली

  • आइतवार, कार्तिक ११ २०८१

  • 678
    SHARES

  • म कति लोकप्रिय छुँ २०८४ मा देखाउछुँ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी नगर्ने बताउनुभएको छ ।

    आइतबार नेकपा एमालेको भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आयोजना गरेको कार्यक्रममा उहाँले कांग्रेस–एमालेको सरकार राष्ट्रिय एकताको रक्षा र देशको हितका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।

    विगतमा आफ्नो सरकारले नाकाबन्दीको सामना गरेको भन्दै ओलीले थप्नुभयो, ‘नाकाबन्दीको सामना गर्दा हामी सरकारबाट बाहिर पुग्यौँ होला तर हामी कुनै छलछाम नगरी जस्केलाबाट नभई निर्वाचनका माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आउँछौँ भनेको थियौँ र आयौँ पनि ।’

    प्रधानमन्त्री ओलीले भारतको नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गर्दै राष्ट्रप्रति जनताको निष्ठापूर्ण भाव उत्पन्न हुनु राष्ट्रिय सुरक्षाको किल्ला भएको बताउनुभयो ।

    केपी ओलीको साख घट्यो भन्ने प्रायोजित टिप्पणी भएको भन्दै उहाँले आफू कति लोकप्रिय भन्ने कुरा २०८४ को चुनावमा देखाउने जिकिर गर्नुभयो ।

     


    आइतवार, कार्तिक ११ २०८१०३:४९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij