Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादी अझैं पनि सुध्रिएन, सडकबाट कराएर सरकारलाई हटाउन सक्दैँनन्: राजन भट्टराई

माओवादी अझैं पनि सुध्रिएन, सडकबाट कराएर सरकारलाई हटाउन सक्दैँनन्: राजन भट्टराई

  • आइतवार, कार्तिक ११ २०८१

  • 711
    SHARES

  • माओवादी अझैं पनि सुध्रिएन, सडकबाट कराएर सरकारलाई हटाउन सक्दैँनन्: राजन भट्टराई

    काठमाडौं । नेकपा एमालेका नेता डाक्टर राजन भट्टराईले माओवादी केन्द्र अझैं पनि नसुध्रिएको आरोप लगाउनुभएको छ ।

    माओवादी फेरि पनि सडकबाट चर्काचर्की कुरा गर्ने, बन्दुकबाट सत्ता फेर्ने युगमै फर्किन थालेको हो भने पनि केहि भन्नु नभएको बताउनुभएको छ । माओवादीको यो क्रियाकलापले जनताले दुख पाउने नेता भट्टराईको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले विपक्षी दलहरुले जति आरोप र दाबी गरे पनि सरकालाई हटाउन नसक्ने स्पष्ट पार्नुभएको छ । सरकारले मुलुक र जनताको लागि राम्रो काम गरिरहेको दाबी गर्दै उहाँले माओवादी र रास्वपाले भनेको जस्तै सरकारलाई हटाउन र मेटाउन सहज नभएको बताउनुभयो ।

    माओवादी केन्द्रले हिजो काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गरेको थियो । उक्त सभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार भ्रष्टचारीलाई संरक्षण गर्न बनेको भन्दै विभिन्न आरोप लगाउनुभएको थियो ।

    यस्तै प्रचण्डले व्यवसायी मीन बहादुर गुरुङले दिएको दान लिने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्ट भएको समेत दाबी गर्नुभएको थियो ।

    नेता भट्टराईले विपक्षीका यस्तो क्रियाकलापलाई नजरअन्दाज गर्दै वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गरेर देखाउनुपर्ने, देशभित्रै काम गर्ने र बस्ने वातावरण बनाउनतर्फ, आर्थिक गतिविधीहरु बढाउनतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

    आफू सरकारमा हुँदा ठिक ठान्ने दलहरु अहिले आफ्नो अस्तित्व रक्षाका लागि सडकमा उत्रिएको आरोप लगाउँदै उहाँले यस्ता कुरालाई धेरै चर्चामा ल्याउन आवश्यक नै नरहेको नेता भट्टराईको भनाइ छ ।


    आइतवार, कार्तिक ११ २०८१०९:५३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij