Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डसहित नेकपाका पाँच नेताको बैठक सुरु

प्रचण्डसहित नेकपाका पाँच नेताको बैठक सुरु

  • मंगलवार, कार्तिक २५ २०७७

  • 1.0K
    SHARES

  • प्रचण्डसहित नेकपाका पाँच नेताको बैठक सुरु

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डसहितका पाँचजना नेता सम्मिलित सचिवालयको अनौपचारिक बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।

    यसअघिको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई तत्काल बैठक बोलाउन आग्रह गर्दै पत्र बुझाए पनि उहाँले बैठक नबोलाएपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न सचिवालयका पाँच नेताको बैठक पुनः बसेको हो ।

    बैठकमा प्रचण्डसहित सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी छन् । बैठकअघि प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो ।

     


    मंगलवार, कार्तिक २५ २०७७०५:१६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij