Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

उर्जा मन्त्रालयमा मन्त्री खड्काद्वारा एक सय दिनको कार्यप्रगति सार्वजनिक

उर्जा मन्त्रालयमा मन्त्री खड्काद्वारा एक सय दिनको कार्यप्रगति सार्वजनिक

  • बुधवार, कार्तिक ७ २०८१

  • 896
    SHARES

  • उर्जा मन्त्रालयमा मन्त्री खड्काद्वारा एक सय दिनको कार्यप्रगति सार्वजनिक

    काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो एक सय दिनको कार्यप्रगति सार्वजनिक गर्नुभएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा उर्जामन्त्री बनेका खड्काले एक सय दिनको कार्यप्रगतिको विवरण सार्वजनिक गर्दै राष्ट्रिय हितको रक्षा, संविधानको कार्यान्वयन र विकास, राजनीतिक स्थायित्व,सुशासन, गतिशिल अर्थतन्त्र, विकास निर्माणमा तीव्रता र आर्थिक समृद्धि लगायतका जनचाहनाको सम्बोधन गर्ने संकल्पका साथ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले आफ्नो नीति, योजना तथा कार्यक्रम र गतिबिधिहरुलाई प्रभावकारी रुपमा अगाडि बढाइरहेको बताउनु भएको हो ।

    आफ्नो कार्य प्रगति सार्वजनिक गर्दै मन्त्री खड्काले वर्तमान सरकारको १०० दिनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ठूला जलविद्युत् परियोजना, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण, निजी क्षेत्रको सहभागिता र दुर्गम क्षेत्रमा विद्युत विस्तार लगायतका कार्यहरुमा उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो।

    अन्तरदेशीय विद्युत व्यापार र जलस्रोत व्यवस्थापनका लागि द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई तीव्रता दिइएको, बाढी नियन्त्रण, बहुउद्देश्यीय आयोजनाको विकास र सिँचाइ सुविधाको विस्तार लगायतका क्षेत्रमा समेत उल्लेखनीय कार्य गरेको मन्त्री खड्काको भनाइ छ ।

    समग्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकारको १०० दिनमा लक्षित् क्रियाकलाप तथा अतिरिक्त क्रियाकलाप गरि ९८ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको मन्त्री खड्काले बताउनुभयो।


    बुधवार, कार्तिक ७ २०८१०१:१०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij