Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकार नाम मात्रैको सरकार हो: देव गुरुङ

वर्तमान सरकार नाम मात्रैको सरकार हो: देव गुरुङ

  • बुधवार, कार्तिक ७ २०८१

  • 601
    SHARES

  • वर्तमान सरकार नाम मात्रैको सरकार हो: देव गुरुङ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले वर्तमान सरकार नाम मात्रैको सरकार भएको बताउनुभएको छ ।

    संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले धेरै कामहरु गर्छ भनेर प्रचारबाजी गरिए पनि १ सय दिनसम्म आउँदा एउटा पनि देखिने र मान्न योग्य काम नगरेको नेता गुरुङको भनाइ रहेको छ ।

    जनता र देशको लागि काम गर्छौ भनेर आएको सरकारले अहिले भ्रष्टचारीलाई जोगाउन र पोस्नमै लागि परेको आरोप लगाउँदै भ्रष्टलाई संरक्षण गर्ने अभियानमा सरकार रहेको टिप्पणी गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँगकुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका महासचिव गुरुङले सरकार सय दिनमै असफल भएको पुष्टि भएको दाबी गर्नुभयो बाढीपहिरोको वितण्डामा सरकार छ भन्ने महसुस नगराएको ओली सरकारले जनताको मन झन् निराश बनाएको समेत उहाँको भनाइ छ ।


    बुधवार, कार्तिक ७ २०८११०:४६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij