Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एएफसी यू–१७ एसियन कप छनोट: कतारमा सुरु, नेपालले आज जापानसँग खेल्ने

एएफसी यू–१७ एसियन कप छनोट: कतारमा सुरु, नेपालले आज जापानसँग खेल्ने

  • बुधवार, कार्तिक ७ २०८१

  • 746
    SHARES

  • एएफसी यू–१७ एसियन कप छनोट:  कतारमा सुरु, नेपालले आज जापानसँग खेल्ने

    काठमाडौं । एएफसी यू–१७ एसियन कप छनोट आजदेखि कतारमा सुरु हुँदैछ।

    नेपालले पहिलो खेल आज चार पटकको च्याम्पियन जापानसँग खेल्दैछ। साबिक विजेता समेत रहेको जापानसँगको पहिलो खेल हमाद विन खालिफा स्टेडियममा नेपाली समयअनुसार राति साढे १० बजे सुरु हुनेछ।

    नेपाल रहेको समूह ‘एफ’ लाई प्रतियोगितामा सबैभन्दा चुनौतीपूर्ण समूह मानिएको छ। जहाँ नेपालसँगै पूर्वविजेता जापान, कतार, र मंगोलिया जस्ता बलिया टोली छन्।

    जापान, जसले यस प्रतियोगितामा चार पटक उपाधि जितिसकेको छ, समूहको सर्वाधिक बलियो टोली हो। यस्तै, कतारले पनि एक पटक प्रतियोगितामा विजयी भएको टोली हो। मंगोलियालाई कमजोर टोली मानिए पनि उसले यसपटक कडा चुनौती दिने अनुमान गरिएको छ।

    नेपालले दोस्रो खेलमा शुक्रबार घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेल आइतबार मंगोलियासँग हुनेछ। दुबै खेल दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ।

     


    बुधवार, कार्तिक ७ २०८१०७:५३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij