Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

तेक्वान्दो खेलाडी सन्तोष भट्ट भरतपुर महानगरद्वारा सम्मानित

तेक्वान्दो खेलाडी सन्तोष भट्ट भरतपुर महानगरद्वारा सम्मानित

  • बुधवार, कार्तिक ७ २०८१

  • 835
    SHARES

  • तेक्वान्दो खेलाडी सन्तोष भट्ट भरतपुर महानगरद्वारा सम्मानित

    काठमाडौं । प्रवासमा रहेर तेक्वान्दो खेलमा निरन्तर सक्रिय खेलाडी सन्तोष भट्टलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ ।

    सोमबार एक कार्यक्रमकाबीच महानगर प्रमुख रेनु दाहालले खेलाडी भट्टलाई सम्मान पत्रले सम्मान गरेका हुन् । प्रवासमा रहेर पनि खेलकुद क्षेत्रमा निरन्तर सक्रिय भएको भन्दै मेयर दाहालले भट्टको प्रशंसा गरेका थिए ।

    चितवन खैरहनी–१० निवासी भट्ट हाल मलेसियामा बस्दै आइरहेका छन् । त्यहाँ होटललगायत व्यवसायमा भट्ट सक्रिय छन् । त्यसका अलवा उनी तेक्वान्दो प्रतिस्पर्धामा पनि सहभागि हुने गरेका छन् ।

    मलेसियामै भएका विभिन्न तेक्वान्दो प्रतियोगितामा भट्टले स्वर्ण पदक समेत जितेका छन् ।प्रवासमा रहँदा बचेको समयलाई सदुपयोग गरेर खेल क्षेत्रमा लागि परेको भट्टले बताए । उनले खेलाडीलाई सम्मान गरेकोमा भरतपुर महानगरलाई धन्यवाद समेत ज्ञापन गरे ।


    बुधवार, कार्तिक ७ २०८१०७:१९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij