Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पार्टी फुट्ने हल्ला नियोजित रूपमा चलाइएको माधव नेपालको दाबी

पार्टी फुट्ने हल्ला नियोजित रूपमा चलाइएको माधव नेपालको दाबी

  • मंगलवार, कार्तिक ६ २०८१

  • 668
    SHARES

  • पार्टी फुट्ने हल्ला नियोजित रूपमा चलाइएको माधव नेपालको दाबी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुट्ने हल्ला नियोजित रूपमा चलाइएको भन्दै त्यसका पछि नलाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ ।

    पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समसामयिक राजनीति र पार्टीको अवस्थाबारे ब्रिफिङ गर्दै यस्तो हल्लाका पछि नलाग्न नेता कार्यकर्तालाई भन्नुभएको हो ।

    ‘हाम्रो पार्टी फुट्दै छ भनेर हल्ला चलाइएको मैले पनि सुनिरहेको छु । यो हल्ला नियोजित रूपमा कसैले चलाएको हो । यसमा कुनै सत्यता नभएकाले यसका पछि नलाग्न आग्रह गर्न चाहन्छु’, अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै सो पार्टीको प्रचार विभागले भनेको छ ।

    बैठकमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेताहरू डा बेदुराम भुसाल, प्रमेश हमाल लगायत छन् । यसैगरी बागमती प्रदेश इन्चार्ज गंगालाल तुलाधर र प्रदेश अध्यक्ष सरिता भुसाललगायत प्रदेश कमिटीका सदस्यहरू पनि सहभागी छन् ।

     


    मंगलवार, कार्तिक ६ २०८१०२:१३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij