Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

साफ महिला च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध नेपाल ११–० गोलले विजयी, प्रीति र रेखाको ह्याट्रिक

साफ महिला च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध नेपाल ११–० गोलले विजयी, प्रीति र रेखाको ह्याट्रिक

  • सोमवार, कार्तिक ५ २०८१

  • 927
    SHARES

  • साफ महिला च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध नेपाल ११–० गोलले विजयी, प्रीति र रेखाको ह्याट्रिक

    काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले माल्दिभ्समािथ गोलको वर्षा गरेको छ । दशरथ रङ्गशालामा सोमबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले हराएको छ।

    नेपालको फराकिलो जीतमा रेखा पौडेल र प्रीति राईले ह्याट्रिक गरे । रेखाले ५ र प्रीतिले ३ गोल गरे । खेलमा पहिलो गोल नेपालले सातौं मिनेटमा गरेको थियो । प्रीतिले नेपाललाई अग्रता दिलाएकी थिइन् ।

    पहिलो हाफमा ४–० गोलले अगाडि रहेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । ७ र ६५औं मिनेटमा सुरुका दुई गोल गरेकी प्रीतिले ८८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् ।

    नेपालका लागि रेखाले पनि ५ गोल गरेकी थिइन् । उनी ८३औं मिनेटमा सब्स्टिच्युट भएकी थिइन् । पहिलो हाफको ३२ र ४२औं मिनेटमा गोल गरेकी रेखाले ४८ औं मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् । उनले ६३ र ७८औ‌ मिनेटमा २ गोल थपेकी थिइन् । रेखा प्रतियोगिताकी म्यान अफ दि म्याच घोषित भएर नगद २५ हजार हात पारिन् ।

    नेपालका लागि सविता रानामगर, अमिषा कार्की र अनिता केसीले पनि एकएक गोल गरेका थिए । नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो । माल्दिभ्सलाई हराएपछि नेपाल समूहको शीर्षस्थानमा उक्लिएको छ । नेपालको २ खेलबाट ४ अंक भएको छ ।

    भुटानको पनि २ खेलबाट ४ अंक छ । भुटानले सोमबार भएको खेलमा श्रीलंकालाई ४–१ गोलले हराएको थियो । पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १० गोलले पराजित गरेको थियो । नेपालले समूहको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।


    सोमवार, कार्तिक ५ २०८१०८:०२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij