Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

महिला टी–२० विश्वकपः न्युजिल्यान्डले जित्यो उपाधि

महिला टी–२० विश्वकपः न्युजिल्यान्डले जित्यो उपाधि

  • सोमवार, कार्तिक ५ २०८१

  • 674
    SHARES

  • महिला टी–२० विश्वकपः न्युजिल्यान्डले जित्यो उपाधि

    काठमाडौं। महिला टी–२० विश्वकपको उपाधि न्युजिल्यान्डले जितेको छ। दुबईमा भएको गएराती भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराएर उपाधी हात पारेको हो ।

    प्रतियोगिता अगाडि न्युजिल्यान्ड लगातार दस खेलमा पराजित रहेको थियो। तर यही टिमले महिला ट्वान्टी–२० क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता जितेको हो ।

    न्युजिल्यान्डले सन् २००९ र २०१० को पनि फाइनल खेलेको थियो, तर दुवै अवसरमा पराजित रहेको थियो । न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा १ सय ५८ रन बनाएको थियो । त्यसमा अमेरिया केरले सर्वाधिक ४३ रन बनाइन् । पछि उनी नै ‘प्लेयर अफ द म्याच’ भइन् ।

    केरले पछि बलिङ गर्दै २४ रनमा तीन विकेट पनि लिइन् र दक्षिण अफ्रिका नौ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सफल रह्यो । पहिलो विकेटका लागि ५१ रन बनाएको दक्षिण अफ्रिकाले त्यसपछि नियमित विकेट गुमाएको थियो ।

     


    सोमवार, कार्तिक ५ २०८१०६:३९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij