Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालले आज भुटानसँग खेल्दै

नेपालले आज भुटानसँग खेल्दै

  • शुक्रवार, कार्तिक २ २०८१

  • 674
    SHARES

  • नेपालले आज भुटानसँग खेल्दै

    काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ। दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल सुरु हुनेछ। घरेलु मैदानमा नेपाल जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छ।

    तुलनात्मकरुपमा साविक उपविजेता नेपाल, भुटानभन्दा बलियो छ। यस प्रतियोगिताका लागि नेपाली टोलीले ३ साता अभ्यास गरेको थियो। घरेलु मैदानमा राजेन्द्र तामाङको टोली च्याम्पियन बन्ने लक्ष्यमा हुने छ। तर नेपाल अन्तर्राष्ट्रिय एक्सपोजर बिनै प्रतियोगितामा सहभागिता जनाउँदै छ।

    आजै हुने पहिलो खेलमा श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन्। यो खेल दिउँसो साढे १ बजे सुरु हुने छ। हिजो भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल पराजित गरेको थियो।

     


    शुक्रवार, कार्तिक २ २०८१०७:४९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij