Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

  • बिहिवार, कार्तिक १ २०८१

  • 547
    SHARES

  • साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

    काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा सुरु हुँदै छ । 

    प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश सहभागी हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।
     
    एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । 

    समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ ।

    भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ । 


    बिहिवार, कार्तिक १ २०८१०८:१६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij