Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईँका समर्थकले ट्रकमा आगो लगाउँदा घाइते भएका चालकको मृत्यु

दुर्गा प्रसाईँका समर्थकले ट्रकमा आगो लगाउँदा घाइते भएका चालकको मृत्यु

  • सोमवार, आश्विन २१ २०८१

  • 538
    SHARES

  • दुर्गा प्रसाईँका समर्थकले ट्रकमा आगो लगाउँदा घाइते भएका चालकको मृत्यु

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउको विरोधको क्रममा समर्थकले ट्रकमा आगो लगाउँदा घाइते भएका चालकको मृत्यु भएको छ ।

    आगलागीबाट घाइते ट्रक चालक भारत छप्रा उत्तर दिनाजपुर बस्ने ४० वर्षीय पदा रायको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई सुरूमा प्रसाईँकै बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य थप जटिल बनेपछि उनलाई थप उपचारका लागि नर्थ बंगाल मेडिकल कलेज पठाइएको थियो ।

    पदा रायको गएराति मृत्यु भएको हो । रायको मृत्यु भएपछि उनका आफन्तहरुले एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाकासमेत अवरोध गरेका थिए ।

    साइबर क्राइमको आरोपमा प्रहरीले दुर्गा प्रसाईँलाई पक्राउ गरेपछि उनका समर्थक गत ७ गते बिहान २ः५० बजे बिर्तामोड(६ गिरीबन्धु टी–इस्टेट नजिक दुहबीबाट जुट पुर्‍याएर पूर्वतर्फ आउँदै गरेको डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकमा आगो लगाएर भागेका थिए ।

     


    सोमवार, आश्विन २१ २०८१०१:५३:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij