Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बाढीपहिरो पीडीतलाई उचित राहत दिनेमा सरकार चुक्न हुन्न: प्रकाशशरण महत

बाढीपहिरो पीडीतलाई उचित राहत दिनेमा सरकार चुक्न हुन्न: प्रकाशशरण महत

  • शनिवार, आश्विन १९ २०८१

  • 504
    SHARES

  • बाढीपहिरो पीडीतलाई उचित राहत दिनेमा सरकार चुक्न हुन्न: प्रकाशशरण महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले वर्तमान सरकारले पार्टीभन्दा माथि उठेर देश र जनाताको लागि काम गर्नुपर्ने बताउनुभएको छ ।

    संसदका दुई ठुला दल नेपाली कांग्रेस र एमालेको समिकरणमा बनेको सरकारबाट जनताले धेरै आसा र विश्वास गरेकाले ती सबैलाई पूरा हुने गरेर काम गरेर देखाउनुपर्ने सरकारको पहिलो दायित्व भएको नेता महतको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै पूर्व अर्थमन्त्री समेत रहनुभएका प्रवक्ता महतले जनतालाई सरकार छ भन्ने अनुभुती गराएरै अहिलेको सरकारले काम गरिरहेको दाबी गर्दै यो सरकारबाट कोहि पनि निरास हुनुपर्ने अवस्था आउन नहुनेमा जोड दिनुभयो ।

    गत साताको अविरल वर्षापछिको बाढीपहिरोले गरेको ठुलो जनधनको क्षतीप्रति दुख व्यक्त गर्दै उहाँले अब उद्धार र पीडीतलाई उचित राहत दिनेमा सरकार चुक्न नहुने सुझाव समेत दिनुभयो ।


    शनिवार, आश्विन १९ २०८११०:४४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij