Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

धेरै भाडा असुलेको आरोपमा प्रहरीले ६ जनालाई काठमाडौंबाट पक्राउ

धेरै भाडा असुलेको आरोपमा प्रहरीले ६ जनालाई काठमाडौंबाट पक्राउ

  • शुक्रवार, आश्विन १८ २०८१

  • 693
    SHARES

  • धेरै भाडा असुलेको आरोपमा प्रहरीले ६ जनालाई काठमाडौंबाट पक्राउ

    काठमाडौं । चाडपर्वमा निर्धारित भाडा दर भन्दा धेरै भाडा असुलेको आरोपमा प्रहरीले ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पोखरा, गोरखा र लमजुङतर्फ जाने हायस माइक्रोका चालक र सहचालक छन् । दसैँमा घर फर्किनुपर्ने यात्रुको बाध्यतालाई ‘मौका’ मानेर उनीहरुले १५ सयसम्म धेरै भाडा असुलेको आरोप छ ।

    पक्राउ ग.१ ख ४४९९ नम्बरको माइक्रोबसका चालक डम्बर आलेमगर, सहचालक आयुष तामाङ, बा.४ ख. १११३ नम्बरको माइक्रोका चालक राजु बिक, बा.२ ख ८२८७ नम्बरको माइक्रो बसका सहचालक मिलन बिक छन् ।

    तनहुँको खैरेनी जाँदै गरेको बा.५ख १०७६ नम्बरको चालक दीपकबहादुर नेपाली र पोखरा जाँदै गरेको बा.३ ख ६१६५ नम्बरको हायसका चालक प्रकाश मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरुले १ हजारदेखि १५ सय सम्म धेरै भाडा असुलेको प्रहरीले जनाएको छ ।


    शुक्रवार, आश्विन १८ २०८१०४:१९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij