Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

अख्तियारद्वारा नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापा

अख्तियारद्वारा नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापा

  • बुधवार, आश्विन १६ २०८१

  • 498
    SHARES

  • अख्तियारद्वारा नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा छापा हानेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको क्यानको नयाँ भवनमा अख्तियारको टोली केही बेरअघि पुगेको थियो ।

    उक्त भवन निर्माणमा अर्बौंको भ्रष्टाचार भएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

    अख्तियारले निर्माणसँग सम्बन्धित कागजपत्र र अनुसन्धानका लागि आवश्यक प्रमाण लिएर गएको बताइएको छ । झण्डै ४ अर्ब लगानीमा बनाइएको यो भवनको ‘सी ब्लक’ निर्माणाधीन अवस्थामा एकातिर कोल्टिएको थियो ।


    बुधवार, आश्विन १६ २०८१०३:४४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij