Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

दशैँको मुखैमा आएको वर्षाले बाढीपहिरो जाँदा बजारमा अचाक्ली मूल्यवृद्धि (खासखबर)

दशैँको मुखैमा आएको वर्षाले बाढीपहिरो जाँदा बजारमा अचाक्ली मूल्यवृद्धि (खासखबर)

  • सोमवार, आश्विन १४ २०८१

  • 689
    SHARES

  • दशैँको मुखैमा आएको वर्षाले बाढीपहिरो जाँदा बजारमा अचाक्ली मूल्यवृद्धि (खासखबर)

    काठमाडौं । दशैँको मुखैमा आएको अविरल वर्षाले बाढीपहिरो जाँदा बजारमा अचाक्ली मूल्यवृद्धि भएको छ । दैनिक उपभोग्य सामानहरुको कालोबजारी र मूल्यवृद्धिका कारण उपभोक्ताहरु मारमा परेका छन् ।

    वर्षेनी मूल्यवृद्धिको मार खेपेका जनताहरुलाई अहिले विपद्पछिको समस्याका कारण दैनीकी चलाउन धौधौ पर्ने देखिएको छ । सरकारी संयन्त्रको फितलो नीतिका कारण बजार अनुगमन पनि चुस्त हुन सकेको छैन । विशेष गरी काठमाडौं उपत्यका र देशका प्रमुख शहरहरुमा ज्याला मजदूरी गरेर खाने वर्ग समस्यामा परेका छन् ।

    मुल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको र उल्दै होटेल व्यवसायमा समेत सरकारी संयन्त्रले अनुगमन गर्न नपाउने विषय गम्भीर रहेको उपभोक्त हीत संरक्षणकर्मी ज्योति बाँनियाको भनाइ छ ।

    बजारमा जाँदा यतिबेला प्रायः तरकारीको मूल्य प्रतिकिलो १ सय नाघेको छ । देशका विभिन्न शहर र राजमार्गमा गएको बाढीपहिरोका कारण कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारी महँगिएको छ । राजमार्ग अवरुद्ध हुँदा आपूर्तिमा परेको असर तथा केही मौज्दात तरकारी बाढीका कारण क्षति भएपछि महँगो भएको व्यापारीहरुको दाबी रहेको छ ।

    दशैँको मुखैमा खाद्यवस्तुहरुको मूल्यमा वृद्धिका कारण आमसर्वसाधारणहरु मारमा पर्ने निश्चित भएको छ । यतिबेला नागरिकहरुलाई एकठाउँबाट अर्को ठाउँमा जान समेत समस्या परेको छ । बाटो घाटो बिग्रिएको छ भने पुलपुलेसा सडक भत्किएका छन् । यता, हवाईभाडा अचाक्ली बढेको छ । भाडामा समायोजन गर्न सरकारले अनुरोध गरेको भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालको तर्क रहेको छ ।

    नेपाली बजारमा ठूला चाडपर्वहरुमा मूल्यवृद्धि हुनु नौले विषय होइन, प्रत्येक वर्ष जनताले यसको मार खेपिरहेका छन् । अप्ठ्यारोको मौका छोपी व्यापारीहरुले पनि बजारमा अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने चलनजस्तै भइसकेको छ । यो बेला सरकारले अभिभावकत्व ग्रहण गर्न सक्नुपर्दछ ।

    सरकारले नै जनताका पीडामा मल्हम लगाउन सकेन भने अरुको के भर पर्न सकिन्छ र ? यस्तो अवस्थामा आफ्नो पराई नभनी सामाजिक सेवा देखाउन आवश्यक छ ।

     

     


    सोमवार, आश्विन १४ २०८१०७:४०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij