Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

पनौती नगरपालिकामा १७ जना बेपत्ता, ५ जनाको शव फेला

पनौती नगरपालिकामा १७ जना बेपत्ता, ५ जनाको शव फेला

  • आइतवार, आश्विन १३ २०८१

  • 358
    SHARES

  • पनौती नगरपालिकामा १७ जना बेपत्ता, ५ जनाको शव फेला

    काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा ठूलो जनधनको क्षति भएको छ ।

    मेयर रामशरण भण्डारीका अनुसार नगरपालिकामा १७ जना बेपत्ता भएकोमा अहिलेसम्म ५ जनाको शव फेला परेको र १२ जनाको खोजी कार्य भइरहेको छ ।

    ‘नगरपालिकाको १२ नम्बर वडामा ठूलो क्षति पुगेको छ । खोपासी जलविद्युत आयोजनको ड्याम क्षेत्रमा रोशी नदीको बाढीले ठूलो क्षति पुगेको छ ।

    रोशीको माथिल्लो क्षेत्रमा रहेको खानी र क्रसरबाट बाढीसँगै बगेर आएको गेग्रानले पनौती नगरपालिका १२ मल्पीभन्दा तलको रोशी बजार पूर्णरूपमा क्षति पुगेको हो । खोपासी जदविद्युत् आयोजनाको बाँध क्षेत्रमा रहेको बजारका पक्की घरहरू नै रोशीको बाढीले तहसनहस बनाएको छ ।


    त्यसैगरी नगरपालिकाका ११, १ र २ नम्बर वडामा पनि क्षति पुगेको छ । नेपाली सेना, नेपाल प्रहरी, नगरपालिको विपद् व्यवस्थापन टोली र स्थानीय समेत मिलेर रोशीले बगर बनाएको क्षेत्रमा खोजी र उद्धार कार्य भइरहेको मेयर भण्डारीले बताउनुभयो ।


    आइतवार, आश्विन १३ २०८१०२:२१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij