Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकाबाट साढे सात सय जनाको सकुशल उद्धार

काठमाडौं उपत्यकाबाट साढे सात सय जनाको सकुशल उद्धार

  • शनिवार, आश्विन १२ २०८१

  • 540
    SHARES

  • काठमाडौं उपत्यकाबाट साढे सात सय जनाको सकुशल उद्धार

    काठमाडौं । गृहमन्त्री रमेश लेखक निरन्तरको वर्षाका कारण आएको बाढी र पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरूको उद्धार, राहत तथा घाइतेहरूको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताउनुभएको छ ।

    शनिवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्ड पोस्ट’को बैठकपछि सञ्चारकर्मीहरूसित बोल्दै गृहमन्त्री लेखकले वर्षा, बाढी, पहिरो र डुबानबाट काठमाडौँ उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले साढे सात सयभन्दा बढी नागरिकको सकुशल उद्धार गरेको जानकारी दिनुभयो ।

    ‘दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ’ गृहमन्त्री लेखकले भन्नुभयो– ‘ मुलुकमा ठुलो विपद्को स्थिति आएको छ ।’ उहाँले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना सङ्कलन गर्ने, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताउनुभयो।

    ‘ठुलो जनधनको क्षति भएको छ, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु’ उहाँले भन्नुभयो, ‘उद्धार, राहत लगायतका विषयमा सरकार सक्रिय भएर अघि बढिसकेको छ ।’ वर्षाका कारण काठमाडौँ भित्रने सडकहरू अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभयो ।

    उहाँले ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्ड पोस्ट’ २४ सै घण्टा सक्रिय बनाइने बताउनुभयो ।


    शनिवार, आश्विन १२ २०८१०१:५३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij