Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

सिन्धुलीको दुम्जामा बाढीमा फसेका ३३ जनाको हेलिकप्टरबाट उद्धारका लागि गृह मन्त्रालयमा पत्राचार

सिन्धुलीको दुम्जामा बाढीमा फसेका ३३ जनाको हेलिकप्टरबाट उद्धारका लागि गृह मन्त्रालयमा पत्राचार

  • शनिवार, आश्विन १२ २०८१

  • 754
    SHARES

  • सिन्धुलीको दुम्जामा बाढीमा फसेका ३३ जनाको हेलिकप्टरबाट उद्धारका लागि गृह मन्त्रालयमा पत्राचार

    काठमाडौं । सिन्धुलीको दुम्जामा बाढीमा फसेका ३३ जनाको हेलिकप्टरबाट उद्धारका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको छ ।

    शक्रबारबाट बाढीमा फसेका ३३ जनाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले गृह मन्त्रालयलाई आग्रह गरेको हो ।

    बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण रोशी र सुनकोशी नदीबिचमा ३३ जना शिक्षक र विद्यार्थी फसेका सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयाँलले बताउनुभयो। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जामा रहेको कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत विद्यार्थी र शिक्षक बाढीमा फसेका थिए ।

    मन्दिरको पछाडिबाट बगेको सुनकोशी नदी र अगाडि बगेको रोशी खोलामा बाढी आएको हुँदा शिक्षक र विद्यार्थी फसेका थिए । दुईतर्फ खोलाले घेरिएको टापु जस्तै स्थानमा रहेको मन्दिरमा रहेको गुरुकुलमा अध्ययनका लागि बसेका उनीहरू बाढीमा फसेका थिए ।

    हाल सो स्थान सुरक्षित रहेको र रोशी खोला घट्दै गएको छ भने सुनकोशी खोला बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो। नदी सतहभन्दा निकै माथि रहेको कुशेश्वर मन्दीरको टापुमा पानी नपुगको अवस्था सामान्य नै रहेको उहाँको भनाई छ ।

    यद्यपी उनीहरुलाई सुरक्षित स्थानमा ल्याउने प्रयत्नका साथ प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बाढीमा फसेकाको उद्धारका लागि लिखित पत्राचार गरिएको र मौषम अनुकल हुनासाथ उद्धार गरिनेछ ।

    खोलाबाट डोरी तथा अन्य सामग्रीले उद्धार गर्न सम्भव नरहेकोले हेलिकप्टरका लागि लिखित रुपमा नै आग्रह गरिएको उहाँको भनाई छ ।

     


    शनिवार, आश्विन १२ २०८१०१:४८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij