Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिदैँनौं, माओवादीसँग मिल्ने सम्भावना छैनः मनिष सुमन

वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिदैँनौं, माओवादीसँग मिल्ने सम्भावना छैनः मनिष सुमन

  • शुक्रवार, आश्विन ११ २०८१

  • 742
    SHARES

  • वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिदैँनौं, माओवादीसँग मिल्ने सम्भावना छैनः मनिष सुमन

    काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका प्रवक्ता मनिष सुमनले वर्तमान सरकारको मन्त्रिपरिषद्मा नभए पनि समर्थनमा भने रहेको बताउनुभएको छ ।

    संसदका दुई ठुला दल कांग्रेस र एमाले मिलेर बनेको नयाँ सरकारबाट देश र जनताको हितमा केहि राम्रा काम हुन्छन् की भन्ने स्थिर सरकारको आससहित समर्थन गरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

    प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसँग मिल्ने भन्नेलगायत बाहिर आइरहेका हल्लाहरु सबै झुठो भएको स्पष्ट पार्दै उहाँले तत्काल वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिनेमा कुनै पनि सोच र विचार नरहेको बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै प्रवक्ता सुमनले जिम्मेवार पार्टी भएर ओली सरकारले गरेका कामकारबाहिरु नजिकबाट नियालिरहेको राम्रो कामको समर्थन र नराम्रा गतिविधिको विरोध गर्ने तर्क गर्नुभयो ।

    भोलिका दिनमा विचार, सिद्धान्त मिल्ने पार्टीसंग भने एक हुन सक्ने प्रवक्ता सुमनले बताउनुभयो ।

    यस्तै अर्को प्रसंगमा नेता सुमनले समाजवादी मोर्चाको कुनै पनि अर्थ नरहेको बताउँदै यो मोर्चा सरकार गठन गर्ने एउटा सिँढी मात्रै भएको टिप्पणी गर्नुभयो ।

    यसैबीच अब जसपा समाजवादी मोर्चामा नरहेको पनि उहाँको भनाइ छ ।


    शुक्रवार, आश्विन ११ २०८१०८:४७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij