Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

समितिको प्रतिवेदनबाट दोषी ठहरिएका जो सुकै व्यक्ति भए पनि कानुनी दायरामा ल्याइनुपर्छ: केशव बडाल

समितिको प्रतिवेदनबाट दोषी ठहरिएका जो सुकै व्यक्ति भए पनि कानुनी दायरामा ल्याइनुपर्छ: केशव बडाल

  • सोमवार, आश्विन ७ २०८१

  • 618
    SHARES

  • समितिको प्रतिवेदनबाट दोषी ठहरिएका जो सुकै व्यक्ति भए पनि कानुनी दायरामा ल्याइनुपर्छ: केशव बडाल

    काठमाडौं । नेकपा एमाले नेता केशव बडालले सहकारी ठगी प्रकरणमा संसदीय समितिको प्रतिवेदनबाट दोषी ठहरिएका जो सुकै व्यक्ति भए पनि कानुनी दायरामा ल्याइनुपर्ने बताउनुभएको छ । जतिसुकै उच्च पदका व्यक्ति भए पनि सरकारले कारबाही गर्नैपर्ने नेता बडालको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पुर्व गृहहमन्त्री रवि लामिछानेलाई सुरुका दिनमा निर्दोष होकी भन्ने लागेको भए पनि प्रतिवेदन सार्वजनिक पछि त्यसो नपाएको बताउनुभएको छ ।

    गृहजस्तो पदमा दुई–दुई पटक बसिसकेको मान्छेले कानुन बुझेको हुनुपर्ने तर्क गर्दै आफू निर्दोष भए कानुनलाई सघाउनुपर्ने सुझावसमेत दिनुभएको छ ।

    लामिछानेले म निर्दोष छु, मलाइ कसैले पक्राउ गर्न सक्दैँन भन्दै हिड्नुले कस्ता व्यक्तिलाई जनताले दुई–दुई पटक जिताएछन् भन्ने प्रश्न उव्जिने टिप्पणी गर्नुभएको छ । लामिछानेले आफूमाथि प्रतिशोध साधेको आरोप लगाउँदै आउनुभएको छ ।

    सहकारीको रकम ठगी आरोपमा गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी हिजो साँझ पक्राउ परेका छन्  । गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक जोशीको हस्ताक्षर चल्ने गरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ल्याएर खर्च गरिएको थियो ।

     

     


    सोमवार, आश्विन ७ २०८१०९:५६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij