Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था छैन : गृहमन्त्री लेखक

संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था छैन : गृहमन्त्री लेखक

  • आइतवार, आश्विन ६ २०८१

  • 574
    SHARES

  • संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था छैन : गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

    संविधान दिवसको सन्दर्भमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा लेखकले संविधान जारी भएको १० वर्षमा समीक्षा गर्नुपर्ने भएकाले संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको हो ।

    उहाँले संविधान कार्यान्वयनको समिक्षामार्फत सवल र दुर्वल पक्षको पहिचान गर्दै राष्ट्रियस्तरको छलफल गरेर यसलाई परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो। संविधान संशोधन एउटा कार्यालयको पार्टी कार्यालयबाट नहुने भन्दै सवै राजनीतिक पार्टीकाबीचमा सहकार्यबाट संसदबाट गर्नुपर्ने उहाँले बताउनुभयो ।

    लेखकले संविधानका आधारभूत विषयका माध्यमबाट मुलुकमा दिगो शान्ति, बिकास र समृद्धि गर्नका लागि मिलेर जानुपर्ने उल्लेख गर्नुभयो ।

     


    आइतवार, आश्विन ६ २०८१०५:०७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij