Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान गरेसँगै भारत भ्रमण नभएकोबारे चर्चा, भारतले यसपटक बेवास्ता गरेको आंकलन (खास खबर)

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान गरेसँगै भारत भ्रमण नभएकोबारे चर्चा, भारतले यसपटक बेवास्ता गरेको आंकलन (खास खबर)

  • शुक्रवार, आश्विन ४ २०८१

  • 832
    SHARES

  • प्रधानमन्त्री ओली अमेरिका प्रस्थान गरेसँगै भारत भ्रमण नभएकोबारे चर्चा, भारतले यसपटक बेवास्ता गरेको आंकलन (खास खबर)

    काठमाडौं । नेपालको छिमेकी मुलुक भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणको निम्तो नदिएको खबर सार्वजनिक हुँदै गर्दा आजै मात्र उहाँ अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन त्यसतर्फ जानुभएको छ । भ्रमणमा गएर दुई मुलुकबीचको सम्बन्धलाई थप मलजल गर्नु सकारात्मक पक्ष हो । भ्रमणले पारस्पारिक सम्बन्धलाई थप बलियो पनि बनाएको हुन्छ । तर, पहिलो भ्रमण भारत नहुनुलाई धेरै विश्लेषकहरुले केही दरार आएको हो की भन्ने आंकलन गरेका छन् । यद्यपि नेपालका तर्फबाट परराष्ट्र मन्त्री आरजु राणा देउवाको पहिलो भारत भ्रमण भइकसकेको छ । राजनीतिक विश्लेषक प्राडा गोविन्दमानसिंह कार्कीले प्रधानमन्त्री ओलीलाई भारतले सदासयता नदेखाएको र केही दरार आएको दाबी गर्नुभयो ।

    नेपाल असंलग्न परराष्ट्रनीति बोकेको मुलुक हो । हरेक देशका लागि नेपालको स्पष्ट नीति हुन आवश्यक रहेको छ । नेपाल–भारत, नेपाल–चीन, नेपाल–अमेरिका आदि अन्य देशहरुसँग पनि आफ्नो कुटिल नीति हुन आवश्यक छ । तर, सत्ता परिवर्तनपिच्छे नै यहाँको नीतिमा समेत बदलावको गन्ध आउने गरेको छ । हरेक राजनीतिक दल गोटी बनेपछि यस्तो प्रवृत्ति बढ्दै गएको धेरै जानकारहरुको बुझाइ रहेको छ । कुटनीतिज्ञ डा. लोकराज बरालले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण र भारतसँगको सम्बन्ध फरक कुरा भएतापनि सम्बन्धमा केही चिसोपन आएको बताउनुभयो ।

    नेपालजस्तो विकासन्नोमुख मुलुकले हरेकसँग आफ्नो सामिप्यता राख्न जरुरी रहन्छ । विश्व युद्धग्रस्त भइरहँदा यहाँका राजनीतिक दल वा नेताहरुले दिने स्टेटमेन्टले मुलुकलाई असर गर्नु हुँदैन । कतिपय यस्ता घटना पनि भएका छन् । रुस–युक्रेनकै युद्धका बीच भारतले तेल आयात गरेर मनग्य आर्जन गरिरहँदा नेपालको नीति के स्पष्ट हुन सक्दैन । यस्ता विभिन्न सवालहरुमा राजनीतिक नेतृत्वले दखल राख्न आवश्यक हुन्छ ।


    शुक्रवार, आश्विन ४ २०८१०८:१८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij