Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रदेश संरचना हटाउन सकिदैन : सभापति देउवा

प्रदेश संरचना हटाउन सकिदैन : सभापति देउवा

  • मंगलवार, आश्विन १ २०८१

  • 758
    SHARES

  • प्रदेश संरचना हटाउन सकिदैन : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताउनुभएको छ ।

    कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेको कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताउनुभयो। ‘प्रदेश संरचना बनिसकेको छ । प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन’, उहाँले भन्नुभयो, कसरी अझ प्रभावकारी बनाउने सोच्ने विचार गर्ने हुनसक्छ ।’

    उहाँले समानुपातिक प्रणालीमा प्रश्न उठेपनि समावेशीबारे कसैले प्रश्न नउठाएको बताउनुभयो । कतिपय समुदायले अहिले पनि चुनाव जित्न नसक्ने भन्दै उहाँले भन्नुभयो, ‘त्यसैले समावेशी राजनीति चाहिन्छ । यसविरुद्ध जनमत छैन ।’

     


    मंगलवार, आश्विन १ २०८१०५:२५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij