Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता छैन भनेर भन्न सकिन्न: ध्रुवबहादुर प्रधान

सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता छैन भनेर भन्न सकिन्न: ध्रुवबहादुर प्रधान

  • मंगलवार, आश्विन १ २०८१

  • 836
    SHARES

  • सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता छैन भनेर भन्न सकिन्न: ध्रुवबहादुर प्रधान

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले सहकारीको रकम अपचलनमा पुर्वगृहमन्त्री रवि लामिछानेको संलग्नता छैन भनेर भन्न नमिल्ने बताउनुभएको छ ।

    संसदीय छानविन समितिले हिजो लामिछानेसहितको संलग्नता पुष्टि गरेर प्रतिवेदन सार्वजनिक गरेको छ । समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्क मार्फत भएको अपचलनमा लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको हो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उक्त समितिका सदस्य तथा पुर्वकानुनमन्त्रीसमेत रहनुभएका प्रधानले यो प्रकरणमा लामिछाने जिम्मेवार भएको दाबी गर्नुभएको छ ।

    पदमै रहेको समयमा प्रतिवेदनको निष्कर्ष आएको भए राजीनामा दिनैपर्ने अवस्था आउथ्यो तर अब सरकारबाट बाहिरिएको अवस्थामा लामिछानेले पार्टी सभापति, सांसद पदबारे के गर्ने भन्ने बारेमा स्वयम् आफैले मूल्याङकन गर्ने प्रधानले बताउनुभयो । जनताको प्रश्न भने लामिछानेमाथि उठ्ने उहाँको भनाइ छ ।

    यता, लामिछानेले भने यो प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताइरहनुभएको छ भने पार्टीले क्लिन चिट पाएको दाबी गरिरहेको छ ।


    मंगलवार, आश्विन १ २०८१०८:५७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij