Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जीबी राईसहितका व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई समितिको निर्देशन

जीबी राईसहितका व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई समितिको निर्देशन

  • सोमवार, भाद्र ३१ २०८१

  • 479
    SHARES

  • जीबी राईसहितका व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई समितिको निर्देशन

    काठमाडौं । ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले सहकारी बचत रकम अपचलनमा संलग्न रही फरार रहेका गितेन्द्रबाबु राईसहितका व्यक्तिहरूलाई शीघ्र खोजी गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

    समितिले तयार पारेको प्रतिवेदनको सुझाव खण्डमा राईसहित थानबहादुर बुढा मगर सूर्यदर्शन पोखरा, दिनेश रोक्का सहारा चितवन, सागर केसी सुप्रिम बुटवल, तस्वीर खातुन सानो पाइला, वीरगन्ज र भूपेन्द्र राई –स्वर्णलक्ष्मी काठमाडौँलाई शीघ्र खोजी गरी कानुनी दायरामा ल्याउन नेपाल सरकारलाई निर्देशन दिने भनेको छ ।

    त्यस्तै समितिले समितिले छानबिनको लागि खोजी गरेर उपस्थित गराइ दिन गृह मन्त्रालय मार्फत नेपाल सरकारलाई निर्देशन गरेका अन्य फरार व्यक्तिहरूलाई अविलम्ब कानुनको दायरामा शीघ्र ल्याई बचत अपचलनमा कारबाही अघि बढाउन सिफारिस गरेको छ ।

     


    सोमवार, भाद्र ३१ २०८१०५:३४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij