Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माओवादी अहिले सत्ताबाट बाहिरिनुपरेको अस्वभाविक अवस्थामा छ: महत

माओवादी अहिले सत्ताबाट बाहिरिनुपरेको अस्वभाविक अवस्थामा छ: महत

  • सोमवार, भाद्र ३१ २०८१

  • 776
    SHARES

  • माओवादी अहिले सत्ताबाट बाहिरिनुपरेको अस्वभाविक अवस्थामा छ: महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले माओवादी केन्द्र अहिले सत्ताबाट बाहिरिनुपरेको अस्वभाविक अवस्थामा रहेको बताउनुभएको छ ।

    लामो समय सत्तामा रहेको माओवादीले अहिले बाहिरिनु पर्दा अत्तालिएर संसद अवरोध र विभिन्न खाले झुटा टिप्पणी गर्न थालेको उहाँको आरोप रहेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पुर्वमन्त्रीसमेत रहनुभएका प्रवक्ता महतले हिंसा शब्दलाई लिएर संसद अवरोध गर्नुपर्ने कारण नै नभएको स्पष्ट पार्नुभयो ।

    प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेश भट्टराईले भदौ १२ गते माओवादी सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेपछि माओवादी सांसदहरुले त्यसमा विरोध जनाउँदै आएका छन् । यही विवादका कारण केहिदिन यता संसदमा अवरोध भइरहेको छ भने हिजोको बैठक बस्न सकेको थिएन ।

    यस्तै अर्को प्रसंगमा उहाँले वर्तमान सरकारले देश र जनताको लागि समर्पित भएर काम गर्नुपर्ने बताउनुभएको छ ।
    जनताले चाहेको जस्तो नभएको भए पनि विस्तारै राम्रा कामहरु हुनेक्रममा रहेकाले अहिलेको सरकारले निराश नबनाउने पनि उहाँको दाबी रहेको छ ।

    सत्तामा हुँदा केहि नगर्ने प्रतिपक्षमा हुँदा गरेन भनेर विरोध गर्ने माओवादी र रास्वपाले जनतामा भ्रम छर्न खोजेको पनि नेता महतको आरोप रहेको छ ।


    सोमवार, भाद्र ३१ २०८१०९:१७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij