काठमाडौं । स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार भीरकोट नगरपालिका –५ मा जिप दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका एकजनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको हो भने चारजना घाइतेको उपचार भइरहेको छ ।
भीरकोट नगरपालिकाको बयरघारी फाँटदेखि पकान, धान र पराल बोकेर जाँदै गरेको लु २ च २६९६ नम्बरको जिप आज बिहान नगरपालिका – ५ स्थित हर्खौदीमा अनियंत्रित भई दुर्घटना भएको हो । मृतक सोही ठाउँका १७ बर्षीय असिम सेन रहेको प्रहरीले जनाएको छ ।