Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

‘गहनामा सजिएर पशुपति नआउनुहोला’

‘गहनामा सजिएर पशुपति नआउनुहोला’

  • बिहिवार, भाद्र २० २०८१

  • 511
    SHARES

  • ‘गहनामा सजिएर पशुपति नआउनुहोला’

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले भोलि हरितालिका तीजको अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीहरुलाई महंगा गरगहना र साना बालबालिका लिएर नआउन आग्रह गरेको छ ।

    हरितालिका तीजको व्यवस्थापन सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कोषले पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीहरुलाई मंहगा गरगहना र साना बालबालिका लिएर नआउन आग्रह गरेको हो ।

    भीडभाडमा गरगहना चोरी हुने, हराउने डर हुने भएकाले गरगहनाले सजिएर नआउन आग्रह गरेको पशुपति विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताउनुभयो ।

    कोषले हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले दर्शनको व्यवस्थापन, सुरक्षा, स्वयंसेवक परिचालन, ट्राफिक,पार्किङ स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा भइसकेको जनाएको छ ।

    अन्य दिनमा बिहान ४ बजेदेखि दर्शनको लागि चारै ढोका खोलेपनि तीजको लागि भने बिहान ३ बजेदेखि नै ४ वटै ढोका खुल्ला गरिने भएको छ । यस वर्ष चक्रपथको सवारी आगमन पूर्ण रुपमा नरोकिने प्रवक्ता अधिकारीले बताउनुभयो ।


    बिहिवार, भाद्र २० २०८१०१:५९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij