Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सहकारीसम्बन्धी छानबिन समितिको म्याद १५ दिन थपियो

सहकारीसम्बन्धी छानबिन समितिको म्याद १५ दिन थपियो

  • मंगलवार, भाद्र १८ २०८१

  • 445
    SHARES

  • सहकारीसम्बन्धी छानबिन समितिको म्याद १५ दिन थपियो
    काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थपिएको छ। समितिका संयोजक सूर्य थापाले प्रतिनिधिसभामा पेस गरेको म्याद थपसम्बन्धी प्रस्ताव मंगलबार(आज) बहुमतले पारित भएको हो। सभामुख देवराज घिमिरेले समितिको म्याद १५ दिन थपिएको घोषणा गर्नुभयो।
     
    रातदिन र बिदाको दिन काम गर्दासमेत छानबिन बाँकी रहेकाले संयोजक थापाले म्याद थपसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्कालीन गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गरेको थियो। 
     
    प्रमुख तीन दलको सहमतिपछि सभामुख घिमिरेले गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुभएको थियो। नेकपा एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गठित ७ सदस्यीय संसदीय छानबिन विशेष समितिमा कांग्रेसबाट सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट संयोजक थापासहित सरिता भुसाल, राप्रपाका ध्रुवबहादुर प्रधान, माओवादी केन्द्रका लेखनाथ दाहाल र रास्वपाका शिशिर खनाल सदस्य छन्।
     
    समितिले दलहरूबीच गठित कार्यदलले तयार गरेको समितिको चार बुँदे कार्यादेशमा सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिएको छ। कार्यदलले २९ वटा सहकारीलाई समस्याग्रस्त तोकेको छ। सोही आधारमा समितिले अध्ययन अनुसन्धान गरिरहेको संयोजक थापाले बताउनुभयो। 


    मंगलवार, भाद्र १८ २०८१०५:२२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij