Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गण्डकी सरकारमा एमाले प्रवेश, चार मन्त्रीको शपथ

गण्डकी सरकारमा एमाले प्रवेश, चार मन्त्रीको शपथ

  • सोमवार, भाद्र १७ २०८१

  • 553
    SHARES

  • गण्डकी सरकारमा एमाले प्रवेश, चार मन्त्रीको शपथ

    काठमाडौं । गण्डकी सरकारमा एमाले प्रवेश गरेको छ । सोमबार ४ जना मन्त्री एमालेबाट नियुक्त भएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

    एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्‌मा जिसीको नेतृत्वमा सरकारमा सहभागी भएको हो । जिसी कृषि तथा भूमि व्यवस्थामन्त्री बन्नुभएको छ। यस्तै, बागलुङका कृष्ण पाठक स्वास्थ्य, पर्वतका मित्रलाल बस्याल उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसी भौतिक पूर्वाधार विकासमन्त्री बन्नुभएको छ ।

    जिसीलाई यसअघि नै सरकारमा सहभागी गराउने तयारी थियो । तर सरकारले पूर्णता नपाउँदै ढल्यो र जिसी मन्त्री बन्नबाट बञ्चित हुनुभयो । त्यसबेला अधिकारीले पूरानै अनुहारलाई मौका दिनुभएको थियो।


    सोमवार, भाद्र १७ २०८१०२:१५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij