Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

ज्ञान संस्कार इन्टरनेशनल स्कूललाई इमर्जिङ्ग बास्केटबल टिमको उपाधी

ज्ञान संस्कार इन्टरनेशनल स्कूललाई इमर्जिङ्ग बास्केटबल टिमको उपाधी

  • बिहिवार, भाद्र १३ २०८१

  • 936
    SHARES

  • ज्ञान संस्कार इन्टरनेशनल स्कूललाई इमर्जिङ्ग बास्केटबल टिमको उपाधी

    काठमाडौं। १८ औँ ग्रिनल्याण्ड बास्केटबल प्रतियोगितामा ज्ञान संस्कार इन्टरनेशनल स्कूलले इमर्जिङ्ग बास्केटबल टिमको उपाधी हात पारेको छ ।

    सो प्रतियोगितामा टोखा नगरपालिका अन्तर्गतका विभिन्न स्कुलहरूले सहभागिता जनाएका थिए ।

    बास्केटबल प्रतियोगिताको सुरुवाति चरणमा रहेको ज्ञान संस्कार इन्टरनेशनल स्कूलका खेलाडीहरूले संस्कार सहितको खेल प्रस्तुत गरेका थिए ।

    उनीहरू आफूलाई अब्बल सावित गर्न विभिन्न फरकफरक रणनीतिका साथ प्रस्तुत हुँदा पनि संयमित र व्यवस्थित देखिन्थे । उनीहरूको संयमिता र लगनशीलतालाई मध्यनजर गर्दै यो उपाधि जितेको आयोजकले बताएको छ ।

    ज्ञान संस्कार इन्टरनेशनल स्कूलका मुख्य प्रशिक्षक पूर्ण न्यौपानेले पत्रकारहरूसँगको छोटो भेटघाटमा यस उपाधिले खेलाडीहरूको खेलप्रतिको भावना विकास गरी आगामी खेलहरूमा अब्बल हुने मनोभावनाको विकासमा सहयोग पुग्ने बताएका छन्। 

    04be5590-0f9d-497b-a81d-11d936fae772.jpg


    बिहिवार, भाद्र १३ २०८१०१:१२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij