Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

२० वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै

२० वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै

  • बुधवार, भाद्र १२ २०८१

  • 447
    SHARES

  • २० वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै

    काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ ।

    यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरु हुनेछ ।

    यो प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा खेलाउने तयारी थियो तर मैदान हिलाम्मे भएकाले सातदोबाटोको कृतिम घाँसे मैदानमै खेल हुन लागेको हो ।

    पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा पुगेका हुन् । गएको संस्करणमा भारतले बङ्गलादेशलाई हराउँदै उपाधि जितेको थियो ।


    बुधवार, भाद्र १२ २०८१०८:१०:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij