Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेसका सभापति देउवाद्वारा पार्टी उपसभापति र महामन्त्रीसँग छलफल

कांग्रेसका सभापति देउवाद्वारा पार्टी उपसभापति र महामन्त्रीसँग छलफल

  • मंगलवार, भाद्र ११ २०८१

  • 874
    SHARES

  • कांग्रेसका सभापति देउवाद्वारा पार्टी उपसभापति र महामन्त्रीसँग छलफल

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीसँग छलफल गर्नुभएको छ ।

    उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर छलफल गर्नुभएको हो ।

    महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय समिति बैठकमा पेश गरेको प्रतिवेदनको विषयले कांग्रेसमा विवाद छ । महामन्त्री थापाको चुनावी गठबन्धन नगर्ने र शर्माको ‘एक्जिट पोलिसी’ प्रस्तावमाथि संस्थापन पक्षको चर्को विरोध छ ।

    यो विषयलाई मध्यमार्गी बनाएर जानेबारे देउवाले पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको छ । प्रतिवेदनलाई संशोधन गरेर मध्यमार्गी बनाउनबारे सभापतिले भोलि बैठकको निर्णय लेख्नुअघिसम्म छलफल गरेर निष्कर्षमा पुर्‍याउने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताउनुभयो ।

    साउन २३ गतेबाट सुरु भएको बैठक भोलि टुंग्याउने कांग्रेसको तयारी छ। बैठकमा अब सभापति, उपसभापति र महामन्त्रीले मात्रै बोल्न बाँकी छ ।

    पार्टीका पाँच शीर्ष नेताहरूले बोलेपछि महासमिति बैठकमा आएको सुझावलाई समेटेर परिमार्जित भएर आएको प्रतिवेदन पारित गर्ने तयारी गरेको छ ।

     


    मंगलवार, भाद्र ११ २०८१०२:१८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij