Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

मृत आफन्तको सम्झनामा गाइजात्रा पर्व मनाईदै, पाए गाई नपाए मानिसलाई सिँगारेर घुमाउने प्रचलन, राजा प्रताप मल्लले शुरु गरेको किंवदन्ती (खासखबर)

मृत आफन्तको सम्झनामा गाइजात्रा पर्व मनाईदै, पाए गाई नपाए मानिसलाई सिँगारेर घुमाउने प्रचलन, राजा प्रताप मल्लले शुरु गरेको किंवदन्ती (खासखबर)

  • मंगलवार, भाद्र ४ २०८१

  • 462
    SHARES

  • मृत आफन्तको सम्झनामा गाइजात्रा पर्व मनाईदै, पाए गाई नपाए मानिसलाई सिँगारेर घुमाउने प्रचलन, राजा प्रताप मल्लले शुरु गरेको किंवदन्ती (खासखबर)

    काठमाडौं। भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रुपमा लिइन्छ । यो पर्व काठमाडौं उपत्यकाको तीनवटै शहरका साथै मुलुकका मुख्यमुख्य शहरमा मनाउने गरिन्छ ।

    एक वर्ष अघिदेखि दिवंगत आफन्तको सम्झनामा पाएसम्म गाई र नपाएमा मानिसलाई गाईको रुपमा सिँगारी आआफ्नो क्षेत्र वरिपरी घुमाएर यो पर्व मनाउने गरिन्छ । गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दही चिउराका साथै अन्य परिकार पनि खुवाई सम्मान प्रकट गर्छन् ।

    गाईजात्राका सम्बन्धमा विभिन्न भनाइ प्रचलित भएपनि राजा प्रताप मल्लसँग जोडिएको प्रसङ्ग भने बढी चर्चामा छ। मल्लको पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन्। लामो समयसम्म शोक गरेर बसेपछि ‘यस्तो शोक तिमीलाई मात्र परेको होइन’ भन्ने देखाउन राजा मल्लले वर्ष दिनभित्र दिवङ्गत सबैको गाईजात्रा निकाल्न लगाए ।

    यो देखेपछि मात्र रानीको शोक केही घट्दै गयो भन्ने भनाइ छ । संस्कृतिविद् प्राडा रामचन्द्र गौतमका अनुसार निश्चित जात समूहको कूल परम्परा भएकोले यसको निरन्तरता सकारात्मक रहेको छ ।

    राजा मल्लले आआफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू भन्ने आज्ञाका आधारमा नै अहिलेसम्म गाईजात्रा पर्व चलेको विश्वास गरिन्छ । यो चलन चलाउँदा पनि रानी पूर्णरुपमा सन्तुष्ट हुन नसकी शोक नै गरिरहेकाले त्यही समयबाट हास्यव्यङ्ग्यात्मक कार्यक्रम पनि सुरु भयो भन्ने विश्वास छ ।

    राजा मल्लकी रानीलाई देखाउन त्यतिबेला राजदरबार रहेको हनुमानढोका अगाडिबाट लैजान सुरु गरिएको गाईजात्रा अहिले पनि त्यहीँ दरबार अगाडिबाटै लैजाने चलन कायम रहेको छ। कलाकार जितु नेपालले मृतआत्माको शान्तीका लागि प्रार्थनासहित गाइजात्रा गरिने पनि प्रचलन रहेको बताउनुभयो ।

    आजको दिन कतिपय मानिसले भने आफ्ना मृतकजनको स्मृतिमा रामायणको करुण रसका गीतसमेत गाउँछन् । गाईजात्राकै अवसर पारेर पाटनमा भने सत्ययुगदेखि संकलन गरिएको विश्वास गरिने धान र चामल सार्वजनिक प्रदर्शनमा राख्ने प्रचलन रहेको थियो । नेपाली समाजमा गाईजात्रा व्यंग्य गर्ने दिनको रूपमा समेत परिचित रहेको छ ।


    मंगलवार, भाद्र ४ २०८१०८:१९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij