Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकारदेखि जनता आतंकित छन्: झक्कु सुवेदी

वर्तमान सरकारदेखि जनता आतंकित छन्: झक्कु सुवेदी

  • आइतवार, भाद्र २ २०८१

  • 688
    SHARES

  • वर्तमान सरकारदेखि जनता आतंकित छन्: झक्कु सुवेदी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता झक्कु सुवेदीले वर्तमान सरकारदेखि जनता आतंकित बनेको बताउनुभएको छ ।

    पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेका कामलाई भंग गरेर बनाएको अहिलेको सरकारबाट विकाशका कामको आस नै नभएको उल्टै जनताहरु अब के–के हुने हो भन्ने आतंकमा रहेको उहाँको भनाइ छ ।

    प्रचण्ड सरकारले देश र जनताका लागि धेरै राम्रा कामहरु गरेको गरेको दाबी गर्दै उहाँले जनतामा निराशा हटेर आसा पलाएको स्पष्ट पार्नुभयो । अबको सरकारले भने फेरि निराशा र अविश्वास बढाउने उहाँको तर्क रहेको छ ।

    विकाश र सुशासनको काम गरेर अगाडि बढिरहेको प्रचण्ड सरकारलाई भंग गर्न राताराता कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीले कपाली सहमति गरेको नेता सुवेदीको आरोप रहेको छ । यस्तै अहिलेको सरकारले जनतालाई निराशा बनाउनुबाहेक अरु केहि नगर्ने पनि उहाँको भनाइ छ ।

    प्रधानमन्त्री ओलीले कुरा र भाषणमात्रै ठुला र विकाशका गर्ने तर व्यवहारमा एउटा पनि लागु नगर्ने पूरानै प्रवृती अब पनि दोहोरिने नेता सुवेदीको आरोप रहेको छ ।

    यस्तै नेता सुवेदीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नबनाएसम्म देश स्थिर हुन नसक्ने समेत बताउनुभएको छ ।


    आइतवार, भाद्र २ २०८१०८:५०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij