Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी अहिले अरुसँग एकता नगरेर संगठन र पार्टी बलियो बनाउनतर्फ लाग्नुपर्छ: रामनारायण बिडारी

माओवादी अहिले अरुसँग एकता नगरेर संगठन र पार्टी बलियो बनाउनतर्फ लाग्नुपर्छ: रामनारायण बिडारी

  • आइतवार, श्रावण २७ २०८१

  • 880
    SHARES

  • माओवादी अहिले अरुसँग एकता नगरेर संगठन र पार्टी बलियो बनाउनतर्फ लाग्नुपर्छ: रामनारायण बिडारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले पार्टीले अहिले कोहिसँग पनि एकता नगरेर संगठन र काममा लाग्नुपर्ने बताउनुभएको छ ।

    कोहि आफै समावेश हुन आउँछन् भने सहकार्य गर्ने तर अहिले एकतातर्फ भन्दा पनि पार्टी बलियो बनाउनतर्फ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । यस्तै, वाम एकताको प्रसंगमा नेता बिडारीले नेकपा एससँग एकता गरेर अगाडि बढ्न सक्ने संकेत गर्नुभयो ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता गरेर सबै कम्युनिष्टहरुलाई मिलाउने बताइरहेको बेला नेता बिडारीले सबैभन्दा पहिला नेकपा एसका अध्यक्ष माधव नेपालसँग एकता गर्ने र माओवादीलाई धोका दिएर हिडेकाहरु विप्लव, वैद्यका केहि हाङगाहरुसँग पनि एकताको प्रयासमा रहने स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले वैद्य भने प्रचण्डसँग एकता गर्न तयार देखिने अवस्था आउनेमा आफूलाई विश्वास नलागेको बताउँदै चित्रबहादुर केसी र सिपी मैनालीसँग पनि एकता हुनै नसक्ने दाबी गर्नुभयो ।

    एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि प्रचण्डको सहकार्य हुन नसक्ने भनेर आफूले विगतदेखि नै भन्दै आइरहेको कुरा अहिले प्रमाणित बनेको पनि उहाँको भनाइ छ ।


    आइतवार, श्रावण २७ २०८१०८:३६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij