Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री ओली सिरियस हुनुहुन्छ भन्ने विश्वास छ: रामकुमारी झाक्री

सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री ओली सिरियस हुनुहुन्छ भन्ने विश्वास छ: रामकुमारी झाक्री

  • शनिवार, श्रावण २६ २०८१

  • 951
    SHARES

  • सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री ओली सिरियस हुनुहुन्छ भन्ने विश्वास छ: रामकुमारी झाक्री

    काठमाडौं । नेकपा एसकी नेतृ रामकुमारी झाक्रीले राजनीतिमा आफ्नो सक्रियता बढिरहेको बताउनुभएको छ । नेकपा एसको सचिवबाट हटाइएर केन्द्रिय समस्यमा सिमीत रहेकी झाक्रीले अवसर दिनेक्रममा आफू सचिवमा नभए पनि राजनीतिक सक्रियता भने कम नभएको र नहुने दाबी गर्नुभयो ।

    राष्ट्रिय पार्टी नै नभएको नेकपा एसमा धेरै संख्यामा केन्द्रिय सदस्य आवश्यक नभए पनि समावेशीको लागि जम्बो टिम बनेको उहाँले स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएकी नेतृ झाक्रीले वर्तमान सरकारले देश र जनाताको लागि राम्रो काम गरोस भन्ने कामना र आसा रहेको बताउनुभएको छ ।

    जनतामा देखिएको निरासालाई चिरेर दुई ठुला दल एमाले र कांग्रेस नेतृत्वको सरकारले आसा जगाएर काम गर्छ भन्नेमा धेरैलाई विश्वास रहेको पनि उहाँको भनाइ छ । देशमा विकाशका काम भएनन् भनेर विरोध गर्नु भन्दा सरकारलाई खबरदारी र सहि मार्गदर्शन दिनुनै अहिलेको मुख्य आवश्यकता भएको नेतृ झाक्रीको तर्क छ ।

    यस्तै सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री ओली सिरियस हुनुहुन्छ भन्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । संसदीय छानविन समितिले काम गरिरहेको बताउँदै उहाँले समितिबाट दोषी ठहरिएका व्यक्तीलाई पद र पहुँचको आधारमा उन्मक्ति नदिएर कानुनी कारवाहीको दायरामा ल्याउन सरकारसँग मागसमेत गर्नुभयो ।


    शनिवार, श्रावण २६ २०८११०:३५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij